बार्सा लभान्टेसँग २–१ ले पराजित
काठमाडौं । स्पेनिस कोपा डेल रे को पहिलो लिगमा बार्सा पराजित भएको छ । गएराति सम्पन्न भएको खेलमा बार्सा लेभान्टेसँग पराजित भएको हो ।
पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग दुई–एकले स्तब्ध भएको हो । निर्धारीत समयको खेल संघर्षपूर्ण भएपनि लेभान्टेले बाजी मारेको हो ।
खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।
पहिलो हाफसम्म लेभान्टेले दुई–शून्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।
कोपा डेल रे को पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस