• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

म्यान्चेस्टर सिटी ईएफएलको सेमिफाइनलमा प्रवेश 

काठमाडौं । इंगलिश कप फुटबल इएफएलमा प्रिमियर लिगको दोस्रो स्थानको म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

मंगलबार राति भएको क्वार्र्टरफाइनल खेलमा लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै सिटी सेमिफाइनलमा पुगेको हो । 

 

निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक बन्न पुग्यो । खेलको १४औं मिनेटमा केभिन डे ब्रुनेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ब्रुनेको यो सिजनकै पहिलो गोल थियो । 

 

पहिलो हाफमा एक गोलले अघि रहेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा गोल खान पुग्यो । ७३औं मिनेटमा मार्क अलब्रिगटनले गोल गर्दै लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

 

त्यसपछि खेल पेनाल्टी सुटमा पुग्यो र सिटीले बाजी मार्यो ।बुर्टोन आल्बियन पनि सेमिफाइनलमा पुगेको छ । बुर्टोनले मिडिल्सब्रोलाई १–० ले हरायो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार