• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

कांग्रेसमा ८ पदाधिकारी, कोषाध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं।  लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आठ जना पदाधिकारी रहने टुंगो लागेको छ ।

 

नेपाली काँग्रेसमा सभापति, एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र कोषाध्यक्ष गरी ६ पदाधिकारी रहँदै आएकोमा अब ८ पदाधिकारी रहने गरी विधानको टुंगो लगाएको छ।

 

जारी महासमिति बैठकबाट काँग्रेसले सो निर्णय गरेको हो । नेपाली कांग्रेसको विधान संशोधनका लागि जारी महासमितिको बैठकमा विधान प्रस्तुत गर्नका लागि नेताहरुले पदाधिकारीको टुंगो लगाएको छ ।

 

थपिएका पदाधिकारीमा एक जना उपसभापति र एक सहमहामन्त्री रहेका छन्। महासमितिले अनुमोदन गरेमा यो सँगै अब कांग्रेमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष रहनेछन्।

 

कोषाध्यक्षबाहेकका पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि निर्विचित हुनुपर्ने कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने भएको छ। विधान भोलि नै केन्द्रीय समितिबाट अनुमोदन गर्ने कार्यतालिका रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार