• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

केन्द्रिय कार्यसमिति बैठकमा आज राजनीतिक प्रस्ताव पेश हुने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्ने छ । आज बस्ने बैठकमा राजनीतिक प्रस्ताव पेश हुने भएको छ ।

 

बैठक स्रोतले दिएको जानकारी अनुसार आसन्न महासमितिको बैठकमा पेश गर्नका लागि राजनीतिक विषयमा छलफल हुन लागेको हो । 

 

यसअघि हिजो बसेको बैठकले आर्थिक नीति प्रस्ताव समितिको सुझाव पारित गरेको छ । समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सदस्यहरुको सुझाव समेटेर प्रस्ताव पारित गरिएको जानकारी दिएका छन्।

 

संयोजक डा. महतले यही मंसिर २८ देखि पौष ३ सम्म हुने महासमिति बैठकमा पेश गर्न केन्द्रिय समितिमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

 

उक्त प्रस्तावअनुसार आर्थिक नीति उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि, समतामुलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनमा लगायतका विषयमा केन्द्रित रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार