• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

ख्वप फुटसल च्याम्पियनसीप आज पनि जारी 

सुन्दर ग्वाछा, भक्तपुर । ख्वप  फुटसल प्रा .ली को  आयोजनामा भईरहेको ख्वप अन्तर विद्यालय फुटसल च्यम्पियनशिपको दोस्रो  चरणको खेल आज भक्तपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो दिन आज एघार खेल भएको थियो । 

 

आजको पहिलो खेलमा ख्वाप्रिंग स्कूलद्वारा माउन्ट भ्याली स्कूल दुर्इ सुन्य गोलले पराजित गर्न सफल भएको छ । त्यसैगरी दोस्रो खेलमा एकका बिरुद्ध पाँच गोलले लिटिल गार्डेन स्कूल विनायक शिक्षा निकेतन स्कूल  बिजयी हुँदा तेस्रो खेलमा हिमाल एकेडेमीलाइ १-० गोलले पराजित गर्दै हिमालयन इङलिश स्कूलले  महत्वपूर्ण तीन अंक प्राप्त गर्न सफल भएको छ ।  
दिनको पाँचौ खेलमा माउन्ट सिनाइ स्कूलद्वारा सनसाइन स्कूल दुर्इ एक  गोलले पराजित गर्न सफल भएको थियो ।

 

त्यसपछिको खेलमा जेनुइन स्कूलले सुप्रिम एकेडेमी दुर्इ एक गोलले पराजित भयो ।  उक्त खेलपछिको खेलमा पहिलोदिन बाइ पाएर सोझै दोस्रो चरणमा आउन सफल रोसम स्कूल भने सेक्रेट हार्ट स्चॊल्सनग ५.१ गोलको भारी अन्तरले पराजय बेहोर्न बाध्य भएको छ ।

 

आजको आठौँ खेलमा प्यारागन स्कूल र विनायक स्कूल एकापसमा भिड्दा प्यारागन स्कूल एकका बिरुद्द आठ गोलले पराजित भएको छ । खेलमा जेनुइन स्कूलले माउन्ट सेनाई स्कूललाइ गोलको बर्सा गर्दै  सुन्यको भारी अन्तरको जित निकालेको थियो ।   

 

दुइ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सुप्रिम स्कूलद्वारा सनसाइन स्कूल ४-२ गोलले पराजित गर्न सफल भएको छ ।  यसैगरी आजको अन्तिम खेलमा हिमालयन स्कूल ख्वाप्रिंग स्कूलसँग तीन सुन्य गोलले पराजित भएको भयो । आआफ्नो समूहमा नौ नौ अंक जोड्दै जेनुइन स्कूल र विनायक शिक्षा निकेतन अंक तालिका  शिर्ष स्थानमा रहन सफल भयो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार