• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

जलपरी गौरीकालाई ६५ लाख पुरस्कार

काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबैभन्दा धेरै पुरस्कार पाउने भएकी छन् । 

 

गौरिकाले समूहमा तीन कास्य पदक जितेकाले त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन नभएको भए पनि त्यसमा समेत ९ लाख गरेर गौरिकाले ६५ लाख रुपैयाँ पाउने छिन् । 

 

यो हिसावले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन् । यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन् । रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले दिने घोषणा गरिएको छ ।

 

त्यस्तै, दुई स्वर्ण जितेका तेक्वान्दो खेलाडी आयशा शाक्य, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र गल्फर सुवास तामाङले जनही २२ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै पुरुष फुटबल टिमले एक करोड २४ लाख पाउने भएको छ ।

 

खेलका स्वर्णपदक विजेतालाई एकमुस्ट ९ लाख र जनही पाँच लाख रुपैयाँ दिइने बताइएको छ । जसअनुसार स्वर्ण जितेको पुरुष फुटबल टिमले एक करोड २४ लाख रुपैयाँ पाउने भएका हुन् ।

 

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजक र ९५ काश्य पदक जितेको थियो।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार