• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

रंगशालामा प्रहरीले कुट्यो समर्थक,खेलपत्रकार चापागाईंको मुख र कानमा चोट

काठमाडौ । दशरथ रंगशालामा साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शक माथि प्रहरीले लाठीचार्ज गरेको छ ।

 

लाठीचार्ज गरेको भिडियो  खिचेको भन्दै नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंलाई समेत प्रहरीले कुटपिट गरेको छ ।

 

प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ ।  घाइते चापागाईको राष्ट्रिय खेलकुद परिषद्को मेडिकलमा उपचारमा भइरहेको छ ।

 

आज १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । आजै सागको समापन समारोह पनि हुँदैछ । सबै टिकट बिक्री भइसकेकाले दर्शकले टिकट पाउन सकेनन् । त्यही जम्मा भएको भीड हटाउने भन्दै प्रहरीले फुटबल समर्थकमाथि लाठी प्रहार गरेको हो ।

 

टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले घेरा हालेर कुटेको भन्दै समर्थकहरुले विरोध गरेका थिए । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार