• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

सागको नवौं दिन १३ खेल (तालिका सहित)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को नवौं दिन आज सोमवार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

 

आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ भने  महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । त्यस्तै कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

 

पदक तालिकामा सातौ दिनसम्म भारतले १३२ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

 

कुन खेल कहाँ :

 

क्रिकेट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुरुषतर्फ आज स्वर्ण र तेस्रो स्थानको लागि खेल हुनेछ । श्रीलंका र बंगलादेशले स्वर्णको लागि प्रतिस्पर्धा गर्दा नेपाल र माल्दिभ्सले कास्यका लागि खेल्नेछ ।

 

फेन्सिङ

फेन्सिङतर्फ आज अन्तिम दिन सोमबार तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नयाँ बजार कीर्तिपुरमा हुने स्पर्धामा महिला मेन्स इपी टिम, पुरुष साब्री टिम र पुरुष फोइल टिम इभेन्टसमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 

फुटबल 

फुटबलतर्फ सोमबार पोखरा रंगशालामा महिला तर्फको फाइनल खेलमा घरेलु टोली नेपालले भारतको सामना गर्नेछ ।  महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको फाइनल भने मंगलबार हुनेछ । जसमा नेपाल र भुटान खेल्नेछन् ।

 

जुडो

साग अन्तरगत जुडोमा सोमबार ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ ३ तौल समुहमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । महिलामा ७०, ७८ र ७८ केजीमाथि तथा पुरुषमा ८१, ९०, १०० र १०० केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

 

कबड्डी

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कबड्डीतर्फ सोमबार महिला र पुरुषतर्फ स्वर्णका लागि खेल हुनेछ । पुरुषतर्फ भारत र श्रीलंका तथा महिलातर्फ महिलामा नेपालले भारतको सामना गर्नेछ ।

 

सुटिङ

सुटिङतर्फ अन्तिम लिन सोमबार एक स्पर्धा एयर पेस्तोल मिक्स टिममा स्वर्णका लासग खेल हुनेछ ।

 

स्क्वास

शुक्रबारदेखि शुरु भएको स्क्वासमा सोमबार महिला टिम र पुरुष टिममा स्वर्णका लागि सातदोबाटोस्थित स्क्वास हलमा हुनेछ ।

 

स्वीमिङ

पौडीको पाँचौ तथा अन्तिम दिन विभिन्न ४ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा पुरुष र महिला २०० मिटर इन्डिभिजुअल मिडले, महिला र पुरुष १०० मिटर फ्रि स्टाइल, महिला र पुरुष ५० बटरफलाई र महिला र पुरुष ४ गुणा ४०० मिटर मिडले रिलेमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 

टेनिस

टेनिसमा सोमबार महिला र पुरुष एकलको फाइनल खेल हुनेछ । पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिष्पर्धा गर्दैछन् ।

 

कुस्ती

जनकपुरमा जारी कुस्तीमा सोमबार अन्तिम दिन दुई इभेन्टसमा प्रतिूपर्धा हुदैछ । पुरुषमा १२५ र महिलामा ६८ केजीमुनि स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 

बास्केटबल 

बास्केटबल अन्तर्गत सोमबार सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ । पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

 

­­­­­­बक्सिङ

साग बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ । सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् ।

 

आर्चरी 

आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार