• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

 ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्जमा सहभागी हुन पर्यटनमन्त्री भट्टराईको अपिल


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रव्यापी अभियान  ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० मा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।  मन्त्री भट्टराईले एक भिडियो सन्देश जारी गर्दै वी विल राईज फाउण्डेसनको आयोजनामा हुन गईरहेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० मा सहभागी भएर भ्रमण बर्ष बारे जनचेतना फैलाउन अपिल गरेका हुन् ।

 

नेपाल कला संस्कृति र प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । तपाईका वरपर समेत पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका कैयन महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, कलासंस्कृति, जातजातीको पहिचान, खानपान लगायतका विषयवस्तु ओझेलमा परेका हुनसक्छन्, मन्त्री भट्टराईले भने । यसकारणले पनि उजागर गर्ने महत्वपूर्ण अभियान हो  'मेरो गाउँ, मेरो ठाउँ' । मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्ध हो, आयाम हो ।

 

त्यसैले पनि आफ्नो गाउँठाउँलाई प्रर्वद्धन गर्ने दायित्व सबैभन्दा पहिले तपाई हाम्रै हो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र यसको भव्य तयारीमा जुटीरहेको छ । यस सन्दर्भमा वी विल राईज फाउण्डेसनले सुरु गरेको यो देशव्यापी अभियान मुलुकका दुरदराजसम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोगी हुने मैले विश्वास लिएको छु । त्यसैले आउनुहोस् हामी सबै मिली हातेमालो गरौं ।'

 

अवार्डका विधाहरु                                पुरस्कार रकम


बेष्ट भिडियो अफ द इयर                        पाँच लाख

पब्लिक च्वाईस अवार्ड                            तीन लाख

बेष्ट डिरेक्टर                                          तीन लाख

वुमन भिडियो मेकर अफ द इयर               एक लाख

फ्युचर स्टार अफ द इयर                          एक लाख

मोष्ट पोटेन्सियल डेस्टीनेसन                        एक लाख

मोष्ट एर्नरजेटिक भिडियो मेकर                    एक लाख

बेष्ट स्क्रीप्ट भ्वाईस ओभर                             एक लाख

वेष्ट सिनेमाटोग्राफर                                    एक लाख

वेष्ट एडिटर                                               एक लाख

 

 

प्रतियोगिताका नियमहरु :

 

१. ‘मेरो गाउँ मेरो ठाउँ, भिडियो च्यालेन्ज २०१९ डिसेम्बर १ (२०७६ मंसिर १५) देखि   १०० दिनसम्म  संचालन हुनेछ ।  निर्माताहरुले २०१९ डिसेम्बर १ (२०७६ मंसिर १५) देखि २०२० मार्च ९ (२०७६ फाल्गुन २६) तारिखसम्म भिडियो समावेश गरिसक्नुपर्नेछ ।

 

२.नेपालको व्यक्तिगत, धार्मिक र सामाजिक सहिष्णुतामा खलल पार्ने किसिमले निर्माण गरिएको भिडियोलाई प्रतियोगितामा समावेश गरिने छैन । 

 

३.भिडियो निर्माता व्यक्ति, समूह र संस्थाले भिडियोमा समावेश गर्ने श्रृब्य, दृष्य र संगीत आफैले उत्पादन गरेको वा कपिराईट दाबी नहुने हुनुपर्नेछ ।

 

४.प्रतियोगितामा सहभागी भिडियोको सर्वाधिकार निर्माण गर्ने व्यक्ति, समूह वा संस्थाकै हुनुपर्नेछ । यदी दोस्रो पक्ष सँगको समझदारीमा श्रृब्य, दृष्य र संगित  समावेश गरेको भए दुबै पक्षविच भएको संझौता पत्र समावेश गर्नु पर्नेछ । उक्त भिडियोमाथि कसैको प्रतिलिपिअधिकार दाबी भए सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्नेछ । अवैध ढंगले समावेश भिडियो स्वत अयोग्य ठहर हुनेछ

 

५. भिडियो निर्माता व्यक्ति, समूह र संस्थाले आफुले भिडियो निर्माण गर्दा सहभागी भएका सबै व्यक्ति, प्राविधिकहरुको जानकारी भिडियोको अन्तमा राखिने क्रेडिट लाईनमा समावेश गर्नुपर्नेछ । 

 

६.फरक-फरक बिषयवस्तु समेटेर एकै व्यक्ति, संस्था वा समूहले एक वा सो भन्दा बढी भिडियो समेत प्रतियोगितामा समावेश गर्न सक्नेछन् । 

 

७.भिडियो च्यालेन्जमा एकल, समुहगत वा संस्थागत रुपमा सहभागी हुन सकिनेछ । 

 

८.भिडियो प्रतियोगितामा समावेश भएका भिडियोहरुलाई वी विल राईज फाउण्डेसनको स्वतन्त्र निर्णायक चयन समितिले पुरस्कारलाई सिफारिस गर्नेछ । 

 

९.बिषयगत र विधागत रुपमा पुरस्कृत भएको भिडियोलाई पूर्व घोषणा अनुसार नगद पुरस्कार प्रदान गरिनेछ । यसरी घोषणा गर्दा एउटै भिडियोले बढी पुरस्कार पनि पाउन सक्नेछन।

 

१०. नेपालको ब्यक्तिगत, धार्मिक र सामाजिक सहिष्णुतामा खलल पार्ने किसिमले निर्माण गरिएको भिडियोलाई प्रतियोगितामा समावेश गरिने छैन । 

 

११. प्रतियोगितामा सहभागी भएका भिडियोहरुलाई विभिन्न टेलिभिजन, सामाजिक संजाल फेसबुक, युट्युव च्यानलहरू मार्फत गैरनाफामुलक ढंगले प्रचार प्रसारका लागि प्रयोगमा ल्याईनेछ ।

 

१२. प्रतियोगितामा सहभागी भएर नोमिनेसनमा परेका भिडियोहरुको सर्वाधिकार विजेता घोषणा भएको मितिबाट सुरू हुनेगरी दुईवर्ष वी विल राईज फाउण्डेसन मै निहित रहनेछ । युट्युब च्यानल, सामाजिक संजाल वा अन्यकुनै माध्यमबाट भएको आम्दानी फाउण्डेसनले सामाजिक कल्याणकारी कार्यमा खर्च गर्नेछ ।

 

१३. दुईवर्षको अवधि भित्र निर्माताले उक्त भिडियो वा भिडियो को कुनै अंश प्रयोग गर्नुपरेमा फाउण्डेशनको स्वीकृति अनिवार्य लिनुपर्नेछ ।

 

१४.प्रतियोगीहरुले आफ्ना भिडियो 'गुगल ड्राइभ', अथवा 'वी ट्रान्सफर', मा अपलोड गरी तल उल्लेखित ईमेल ठेगानामा पठाउन सक्नुहुनेछ ।

 

mgmt.vny2020@gmail.com
mero.gaun.mero.thau.2020@gmail.com

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार