• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं । कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।

 

आइतबारबाट सुरु भएको कराते प्रतियोगितामा उनले पुरुषतर्फ २५.७२ स्कोर गर्दै पदक जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे ।

 

त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।

 

यता महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार