• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
पत्रपत्रिका

फुटबल मैदानमा ग्रान्ड स्ट्यान्ड इन्स्टलेसन जडान सुरु

पोखरा । पोखरा रंगशाला फुटबल मैदानको दायाँबायाँ प्यारापिट जडान (ग्रान्ड स्ट्यान्ड इन्स्टलेसन) सुरु गरिएको छ । आइतबार र सोमबार गरी १५ कन्टेनर सामान आइपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

 

पहिलो चरणमा फुटबल मैदानको पूर्व र पश्चिमतर्फ प्यारापिट जडान गरिने छ। मंसिर १५ गते पोखरा रंगशाला फुटबल मैदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगिता हुँदैछ । त्यसको तयारीस्वरूप प्यारापिट जडान कार्य सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ।

 

फुटबल मैदान निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस प्रा लि तथा एम.ए. कन्स्ट्रक्सन प्रा लि को ज्वाइन्ट भेन्चरमा गत फागुनदेखि फुटबल मैदान निर्माण कार्य सुरु गरिएको थियो। कम्पनीका प्रोजेक्ट म्यानेजरको रूपमा रहेका दीपक बरालका अनुसार एक साताभित्रमा प्यारापिट जडान गरिसकिनेछ ।

 

५ हजार ४ सय दर्शक क्षमताको प्यारापिट जडान गरिनेछ। प्रतियोगिताका लागि ८ देखि १० हजार सिट प्यारापिट क्षमताको बनाइने लक्ष्य छ । ‘८ देखि १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुन्छ।’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले भने,‘प्यारापिटको सामान आउँदै छ।’ नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार