• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
राजनीति

मन्त्रिमण्डल फेरबदल,यी हुन् नयाँ मन्त्रीहरु (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्य विभाजन गरेकी छिन् ।

 

मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिएका छन् । नयाँ थपिएकामा वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि) लेखराज भट्ट (उद्योग), र रामेश्वर राय (श्रम) छन् । 

 

यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।

 

मन्त्रिपरिषद्बाट बाहिरिने मन्त्रीहरुमा मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, गोकर्ण विष्ट, रघुवीर महासेठ र चक्रपाणि खनाल रहेका छन् । यसैगरी, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई हटाइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको  छ भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

 

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जानकारी दिए । यसैगरी, राष्ट्रपतिका प्रमुख निजी सचिव डा.भेषराज अधिकारीले  बिहीबार बिहान करिब ११ बजेको हाराहारीमा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्ने बताए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार