• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

१३ औं सागको लागि पुरुषतर्फको भलिबल खेल तालिका सार्वजनिक 

काठमाडौं । आगामी मङ्सिर १५–२४ नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) –२०७६ को पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।

 

१५ गते औपचारिक उद्घाटन गरिने भए पनि भलिबल खेल भने ११ गतेदेखि नै शुरु हुनेछ। भलिबलमा भुटानबाहेक ६ टिमले भाग लिँदै छन् । 

 

नेपाल रहेको समूहमा भारत र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्नेछ।

 

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार