• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

कुस्ती उपाधि भारतका बप्पी पहलवानलाई

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पारेका छन ।

 

 प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराएका थिए । त्यस्तै द्धितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान (वनारस)ले  विष्णु पहलवान(गोरखपुर)लाई हराएका थिए ।


 तृतीय पुरस्कार भने दुई कुस्तीबाजले प्राप्त गरेका थिए । भारतकै पवन पहलवान हाटा र गोल्डेन पहलवान कमासी बीच भएको प्रतिष्पर्धा बराबर हुँदा दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो ।

 

उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कूल २९ जोडीले प्रतिष्पर्धा गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार