• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

एमसीसीसँग नेपालको हार

काठमाडौं । मेरिलेबोन क्रिकेट क्बल (एमसीसी)  सँगको टि–ट्वान्टी क्रिकेटमा नेपाली क्रिकेट टोली १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको १९० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७६ रन बनायो । 

 

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए । यस्तै भिम सार्कीले १३ तथा कप्तान रोहित पौडेलले ६ रन बनाए ।  नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालले सुरुवात देखीनै खराब प्रर्दशन गर्यो ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनाए थियो । सुरुआती दुई ओभरमा एमसीसीले २६ रन बनाएको थियो । चार ओभर सकिँदा एमसीसीले एक विकेट गुमाएर ५६ रन बनाएको थियो ।

 

एमसीसीका लागि पहिलो विकेटको रुपमा हिल्स हामोन्ड २८ रनमा आउट भए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराएका थिए । नेपालले दोस्रो विकेटको रुपमा टोम वस्ट्लीलाई आउट गराएको थियो । १३ रन बनाएका टोमलार्य रसिद खानले क्याच आउट गराएका थिए । 

 

राशिद खानले पाँचौ ओभरको चौथो बलमा टम वेस्ट्लीलाई ८ बलमा ३ चौका सहित १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । राशिद खानले सातौं ओभरको दोस्रो बलमा कप्तान जिमी एडम्सलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । जितेन्द्र मुखियाले आठौं ओभरको पाँचौ बलमा भिम सार्कीबाट विल रोड्सलाई १ रनमा क्याच आउट गराए ।

 

एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे । यस्तै विल्ली गोडलम्यान अर्धशतक बनाएर आउट भए । उनलाई रशिद खानले आफ्नो तेस्रो विकेटको रुपमा ५४ रनमा आउट गराएका थिए ।

 

विल भान्डस्पर ४ रन बनाएर आउट भए । सुशान भारीले उनलाई क्याच आउट गराएका थिए । एडी योङलाई ४२ रनमा आउट भए । उनलाई अविनास बोहोराले क्याच आउट गराएका हुन् ।  आलेक्स थमशनले नट आउट २० रनको योगदान गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार