• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

बीबीसी हन्ड्रेड विमिन २०१९ सूचीमा नेपालकी बोनिता शर्मा

काठमाडौं । बीबीसीले बुधवार सार्वजनिक गरेको १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी बोनिता शर्मा परेकी छन्।

 

बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट आआफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका १०० महिलाहरूको सूची सार्वजनिक गर्ने गर्छ। यो वर्ष बीबीसीले ती महिलाहरूलाई सोधेको थियोस् यदि महिलाहरूले नेतृत्व लिने हो भने भविष्य कस्तो हुनेछ ?

 

सूचीमा परेकी शर्माले कुपोषणबाट बालबालिकाहरूलाई बचाउन ुपोषणमालाु निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरूलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिन्छ।

 

शर्माले अन्य तीन साथीसँग मिलेर द सोशल चेन्जमेकर एन्ड इनोभेटर (सोचाइ) नामक संस्था खोलेकी छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार