• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

नेकपाले टुंगो लगायो  महानगरमा अध्यक्ष र सचिव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

 

नेकपाका अनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन्। यस्तै, ललितपुरको अध्यक्षमा मञ्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक कोइराला सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन्।

 

त्यसैगरी भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवन ईश्वर सापकोटा, वीरगन्जको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा तथा विराटनगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएको छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार