• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

आर्थिक वृद्धिदरलाई बढाएर ८ दशमलव ५ प्रतिशत पुर्‍याइने : मन्त्री बास्कोटा 

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् । 

 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ’‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताए ।

 

उनले भने, 'केही साताअघि भएको सात दशमलव एकको वृद्धिदर अहिले सात दशमलव पाँच प्रतिशत कायम भएको छ ।' आर्थिक वृद्धिदरलाई बढाएर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पु¥याइने लक्ष्य लिएको पनि उनले दाबी गरे । 
 

मन्त्री बाँस्कोटाले सरकारले आर्थिक वृद्धिदरलाई बढाउने प्रमुख सूचक श्रमको सम्मान गर्ने नीति भएको उल्लेख गर्दै तल्लो वर्गलाई पनि सँगसँगै हिँडाउने नीति अवलम्बन गरेको र यही नै  आर्थिक वृद्धिदरको प्रमुख सूचक रहेको बताए ।  उनले विभेदको अन्त्यबाट नै मुलुकको समृद्धि जोडिएको बताउँदै विभेदलाई लोकतन्त्रले स्वीकार नगरेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार