• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

राष्ट्रपति ट्रम्पद्वारा लादेनका छोराको मृत्यु भएको पुष्‍टि

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन्।

 

गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए। अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो।

 

हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो। लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारी सहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए। उनले आफ्जा बाबु मारिएकोमा अमेरिकासँग बदला लिने योजना बनाइरहेको खुलेको थियो।

 

त्यसपछि गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई १ मिलियन डलर उपहारको घोषणा गरेको थियो। हम्जाले अबर प्रायस्द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए। साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको कुरा बाहिर आएको थियो।

 

सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल(कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार