फेरि निरंकुशताको जाँतो स्वीकार्य छैन : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन ।
पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनाउने तर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।
कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा रहेकाले उनबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।
उनले देशलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन ।
स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै शहीदको सपना पूरा गर्न नयाँ सङ्कल्पसहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस