नेपाल कुवेतसँग ७-० गोलले पराजित
काठमाडौं । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । गएराति भएको खेलमा कुवेतले नेपाललाई ७–० गोलले हराएको थियो ।
कुवेतको जविर अल अहमेद इन्टरनेश्नल मैदानमा भएको खेलको पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो । कुवेतका लागी युसेफ नासिरले दुई गोल गरे भने अब्दुलाह मावी, फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानी र हुसेन अल मोनिबीले एक एक गोल गरेका थिए ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरेको हो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस