• बिहीबार ६-२२-२०८३/Thursday 10-08-2026
मनोरञ्जन

एकदिन हामीले नी पक्कै रोयल्टी पाउँछौं ......

कति भयो गीत–संगीतमा लाग्नु भएको ?

 

म यो क्षेत्रमा लागेको आज ११ वर्ष भयो । 

 

गीत–संगीतमा बच्चा देखि कै रुचीे हो या लहलहैमा लागेको हो ?

 

मेरो लागि संगीत सबैकुरा हो । म कक्षा ५ पढ्दाबाट नै यसमा लागेको भन्दा पनि खासै फरक पर्दैन । यो मेरो भित्री मनदेखि कै रुची हो । 

 

 

आफनो पहिलो एल्वम बाहिर आउँदा कस्तो अनुभव भएको थियो ?

 

यसमा एउटा गायकलाई आफुले गाएको गीतहरुको एल्वम बाहिर खुशी लाग्नु भनेको स्वभाविक कुरा हो । मेरो पहिला एल्वम बाहिर आउँदा म एकदमै खुशी भएको थिए । मन भित्र धेरै डरहरु पनि थिए । पहिलो एल्वमले कस्तो प्रतिक्रिया पाउने हो । दर्शकहरुले मेरो एल्वमलाई रुचाई दिनुहुन्छ कि हुन्न होला भन्ने कुराको धेरै डर थियो । 

 

 

अहिले गीत–संगीतको बजार खस्केको बेलातपाई संगीतमा ज्यान दिएर लाग्नु भएको छ, गाह्रो हुँदैन ?

 

यसमा मलाई के लाग्छ भने जुन गीत–संगीत गुणस्तरको हुन्छ त्यसको बजार कहिले सकिदैन । यदी अहिले हाम्रा गायक गायिकाहरुले गाएको गीतहरु गुणस्तर भएनभने त्यसलाई कसले रुचाउँछ । अब दर्शकको मन बुझेर उनीहरुले के कस्ता गीत मन पराउँछन् भन्ने कुरा बुझेर गीतनिकाल्यो भने त्यो अवश्य सफल हुन्छ । अबआफनो खाने बाटो नै गीत–संगीतहो । पहिला भन्दा अहिले धेरै कुराहरुमा परिवर्तन आइसकेका छन् ।  

 

नेपालमा एल्वम निकाल्न कत्तिको गाह्रो हुँदोरहेछ?

नेपालमा एउटा एल्वम तयार त्यस्तो सजिलो छैन  ।  किनभने एक त यसमा धेरै खर्च लाग्छ । फेरी संगसंगै म्युजिक भिडियो पनि त बनाउनु पर्ने हुन्छ । अहिले सबैकुराहरु परिवर्तन भइसके । युटुबको जमाना छ । त्यसमा नै दर्शकहरु रमाईरहेका छन् ।  अहिलेको समयमा हाम्रा गायक गायिकाहरुले त्यति एल्वम गर्न खोज्छन् जस्तो मलाई लाग्दैन । मैले पनि तीनवटा एल्वम बजारमा ल्याए त्यो राम्रो चल्यो । अब अहिले युटुबको जमाना छ । एल्वम सिडिमा त दर्शकहरुको ध्यान खासै जान्छ जस्तो मलाई लाग्दैन । 

 

एल्वमबाट आफनो लगानी उठ्छ भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?

 

कुनै पनि एल्वम चल्ने भनेको राम्रो गीतसंगीतले नै हो । लगानी नै नउठ्ने भन्ने पनि होइन । धेरै थोरै त पक्कै नै उठ्छ । अब हामी एल्वममा मात्र निर्भर पनि हुन सक्दैनौं नी । बिदेशका कार्यक्रम र यही बिभिन्न चाडपर्वमा हुने शोहरु । एल्वम नै मात्र बेचेर त कहाँ लगानी उठाउन सकिन्छ र 

 

 

नेपालमा एउटा एल्वम निकाले पछि गायकहरु हराउने चलन छ, तपाई पनि त्यस्तै गर्ने हो कि?

 

कतिपय गायक गायिकाहरु आफनो इच्छा चाहना पुरा गर्नका लागी यो क्षेत्रमा आउँछन् । कोही सफल हुन्छन् त कोही असफल । हो एउटा एल्वम वा एउटा गीत निकाल्ने र त्यो चलेन भने पलयान हुने चलन अहिले बढ्दो छ । तर हाम्रो व्याण्डको कुरा गर्ने हो भने हामी २००७ देखि निरन्तर रुपमा अघि बढीरहेका छौं । वर्षमा एक दुईवटा गीत निकालि नै रहेका छौं । त्यसैले हामी या म नै भनौ यो क्षेत्रमा निरन्तर नै हुन्छौं । 

 

 


अहिले गीत संगीतमा कत्तिको सुधार भएको छ जस्तो लाग्छ ?

 

मेरो बिचारमा अहिले गीत संगीतको अवस्था राम्रो छ । यो किनभने अहिल यसमा खुल्ला प्रतिष्पर्धा छ , संगीतमा जो पनि आउन सक्छ ,जसले गर्दा राम्रा राम्रा गायक गायिकाहरुलाई यस सांगीतीक बजारमा ल्याउन मद्दत पुगेको छ । अर्को कुरा के हो भने जसको गीत चर्चित हुन्छ उ नै चल्ने भएको हुनाले अहिलेको गीतसंगीतको अवस्था राम्रो छ जस्तो लाग्छ ।

 

 

अहिले नेपाली गीत संगीतमा कलाकारहरुलाई रोयल्टी दिने चलन छ , तपाईले रोयल्टी वापतको रकम पाउनु भएको छ? 

 

हामी २००७ देखि नै एल्वम गर्दै आएका छौं । धेरै गीतहरुले चर्चा कमाएका छन् । नक्कली मैया , सुस्तरी, गल्ती मेरो छैन, झ्यालैमा लगायतका धेरै गीतहरु ‘हिट’ पनि भए । तर हामीले अहिलेसम्म रोयल्टी दिने संस्थाबाट रोयाल्टी पाएका छैनौं । कतिपय गायक गायिकाहरुले रोयल्टी पाएको सुनिएको छ । त्यसैले पनि कुनै दिन हामीले पनि पाउँछौ भन्ने आशा मनमा छ । 

 

 

तपाईको अबको योजना के छ ?

 

हामीले धेरै गीतहरु गरिसकेका छौ । धेरै ‘अर्वाड’ हरु पनि जितेका छौं । धेरै चर्चित गीतहरुले दर्शक स्रोताहरुलाई दिएका छौ, भनौ हाम्रो छुट्टै बजार छ । केही दिनमै हामी अर्को गीत लिएर बजारमा आउँदै छौं । ‘कसरी भनु म’ बोलको गीतमा भारतका चर्चित ‘र्‍यापर’ को ‘र्‍याप’ पनि समावेश हुनेछ । हामी अहिले ‘भिडियो इडिटिङ्’ को काम गरिरहेका छौं । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार