मनोरञ्जनको खुराक ‘सिने रङ’
काठमाडौँ । डिजिटल सञ्चारमाध्यमको बढ्दो प्रभावका बीच चलचित्र तथा मनोरञ्जन क्षेत्रका गहन विषयवस्तु पाठकमाझ पु¥याउने उद्देश्य सहित ‘सिने रङ’ मासिकको प्रकाशन सुरु भएको छ । चलचित्र, कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रका विविध गतिविधिलाई समेट्ने उद्देश्यसहित नयाँ मासिक पत्रिका ‘सिने रङ’ बजारमा ल्याइएको हो ।
चलचित्र क्षेत्रको गतिविधि, कलाकारका अनुभव, चलचित्रकर्मीका संघर्ष, नयाँ प्रतिभा तथा मनोरञ्जन क्षेत्रका विविध आयामलाई पाठकमाझ पु¥याउने लक्ष्यसहित उक्त मासिक पत्रिका रहेको छ ।
‘सिने रङ’ ले नेपाली चलचित्रको वर्तमान अवस्था, गीत सङ्गीत, नाटक, कला, साहित्य तथा सांस्कृतिक गतिविधिलाई समेटने सम्पादक देवी सापकोटाले जानकारी दिइन । यसका साथै अन्तर्वार्ता, व्यक्तित्व परिचय, चलचित्र समीक्षा, विशेष रिपोर्ट र अन्य समसामयिक विषयवस्तु पनि पत्रिकामा समावेश गरिने उनको भनाई छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस