अब एटीएमबाट १ सय रुपैयाँको नोट
काठमाडौं। यसपटकको दसैँमा सर्वसाधारणले १ सयसम्मको खुद्रा नोटका लागि नेपाल राष्ट्र बैंक तथा बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने भएको छ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटीएम मेसिनहरूबाटै सय रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ २९ गते पत्राचार गरेको छ ।
बैंकको मुद्रा व्यवस्थापन विभाग, आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट हाल वितरण हुँदै आएका १ हजार र ५ सय रुपैयाँ दरका नोटसँगै १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्न आग्रह गरेको हो।
बैंकले नजिकिँदै गरेको बडादशैंलाई मध्यनजर गर्दै एटीएमबाट १ सय रुपैयाँका नोट वितरण गर्न सके बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा कम हुने जनाएको छ।






प्रतिकृया दिनुहोस