• मंगलबार ५-९-२०८३/Tuesday 08-25-2026
अर्थ

तपाईँ हाताहाती ५० हजार डलर रोज्नुहुन्छ की 'टस' जितेर पाउन सक्ने १० लाख ?

काठमाडौं। तपाईँलाई हाताहाती ५० हजार अमेरिकी डलर पाउने वा १० लाख डलर जित्ने आधा-आधा सम्भावनामध्ये एउटा विकल्प रोज्ने मौका दिइयो भने कुन रोज्नुहुन्छ? यही प्रश्न अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान तथा तथ्याङ्क विश्लेषण गर्ने एउटा संस्थाले हालै ब्रिटेनका ४,६०० जना वयस्कहरूलाई सोध्यो। नतिजा के आयो होला?

 

करिब तीन-चौथाइ अर्थात् ७३ प्रतिशत मानिसहरूले आफूले तत्काल ५०,००० डलर लिने विकल्प रोज्ने बताए। पाँच जनामध्ये एकजना भन्दा केही बढी अर्थात् २१ प्रतिशतले १० लाख डलर जित्ने आधा सम्भावनाको विकल्प रोजे। बाँकी ६ प्रतिशतले के गर्ने भनेर निर्णय नै गर्न सकेनन्।

 

उक्त सर्वेक्षणमा लिङ्गका आधारमा स्पष्ट विभाजन देखियो। जोखिम नलिईकन ५० हजार पाउने विकल्प रोज्ने ८२ प्रतिशत महिला थिए भने ६३ प्रतिशत पुरुष देखिए।सुरुमा यो सर्वेक्षण यूकेमा मात्र गरिएको थियो। यसको नतिजाले सामाजिक सञ्जालमा व्यापक बहस निम्त्यायो।

 

"ब्रिटेन सायद पृथ्वीकै सबैभन्दा जोखिम मोल्न नचाहने समाज हुनुपर्छ," एक टिप्पणीकर्ताको भनाई थियो। अर्का एकजनाले आफ्नो निर्णय सुनाए, "यूकेको समस्या नै यही त हो!" तर के उनीहरूको बुझाई सही हो त? के ब्रिटिशहरू र पहिलो विकल्प रोज्ने जो कोही पनि जोखिमबाट डराउने मानिस हुन् ? बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार