अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश
काठमाडौंँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । न्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध अर्जेन्टिनाले शानदार पुनरागमन जित निकालेको हो ।
अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो । खेलको ६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए ।
अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए ।
अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ । अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरियो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस