थापा नेतृत्वको कांग्रेसलाई मान्यता
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।
सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै कागजपत्र अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।
यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो । गगनको नेतृत्वलाई निर्वाचन आयोगले वैधता दिएसँगै अब उनी आसन्न निर्वाचनमा रुख चुनाव चिन्हको प्राधिकार सम्पन्न भएका छन् ।
उनकै नेतृत्वमा कांग्रेसले घोषणापत्र तयारी समिति पनि बनाइसकेको छ । आसन्न निर्वाचनमा कसैलाई काखापाखा नगर्ने, सबैलाई समेट्ने तथा जित हारको मनोविज्ञानबाट नसोच्ने प्रतिक्रिया गगनले दिएका छन् ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस