• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
अर्थ

नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कम्पनीको ३८ औं वार्षिक साधारणसभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । 

 

सभामा अध्यक्षले समिक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको वावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा रहेको कारण विश्वका अधिकांश केन्द्रिय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताउनु भयो ।

 

 नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको अनुमान भएतापनि आ.व. २०८२/८३ मा बढ्दो राजनैतिक एंव सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जान सक्ने आकलन गरिएको छ ।

 

आ.व.२०८१/०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ । 

 

कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु  नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.७,७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ । 

 

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंक लि. को २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर रु.३,३३,०१,१९,७५२/८५ मा खरीद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ ।  यसै गरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१/०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

 

कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयां आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अगी बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथा शक्य लगानी भैरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्दि«त रहेको छ ।

 

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले “प्रधानमन्त्री दैबी प्रकोप राहत कोष”मा रु. २५ लाख र केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि Kathmandu Institute of Child Health संस्थालाई रु. २५ लाख समेत गरी कूल रु.७०,२५,५०० र आर्थिक सहयोग प्रदान गरेको छ ।

 

३८ औं वार्षिक साधारण सभाले आ.व. २०८१/०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६ मा ८.५ प्रतिशतका दरले नगद लाभांश रु.४६,५१,८२,८७८ र र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२१,८९,०९,५८९र साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६०,०४,८६७ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुर्‍याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६ मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,६९,१६,४९,३२५  पुगेको  छ ।


सभामा अध्यक्षज्यूले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु   भयो ।   
 

 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार