• बिहीबार ३-३२-२०८३/Thursday 07-16-2026
मनोरञ्जन

हरिवंश, समीर  र केदारबिच कसले मार्ला बाजी ?

काठमाडौँ । अघिल्लो वर्ष झै यसपटक पनि दशैंको फुलपातीको अवसरमा तीन चलचित्रहरु प्रदर्शनमा आएका छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’ सन्तोष सेन निर्देशित ‘बलिदान’ र मिलन तामाङ निर्देशित ‘माइतीघर’ प्रदर्शनमा आएका चलचित्रहरु हुन् ।


वरिष्ठ अभिनेता हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ यस वर्षको प्रतीक्षित मानिएको मध्य एक हो । चलचित्र पारिवारिका कथामा आधारित भएको निर्देशक दीपेन्द्र के खनालले जनाए । हरिवंश सहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय रहेको छ । गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण रहेको चलचित्रमा कृष्णबहादुर थापाको छायाङ्कन र नकुल खड्को सम्पादन रहेको छ । 


सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’ एक्सनप्रधान कथामा आधारित छ । चलचित्रको प्रमु आकर्षण भनेको कलाकार समीर भट्ट हुन । समीरसंगै चलचित्रमा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । 

 

ऋाजबाटै प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘माइतीघर’ । त्रिकोणात्मक प्रेमकथामा चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माता रहेको चलचित्रको कथा चन्द्रकुमार दोङले लेखेका हु । पटकथा र संवाद रामशरण पाठकले तयार पारेका हुन भने चलचित्रमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार