मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेश मार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन भएपछि आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।
सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगको वेबसाइटमार्फत् ‘प्रि–रजिष्ट्रेशन’ प्रणालीबाट फारामभरी सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । आयोगले मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनुपर्ने भएमा पनि सोही अवधिमा सच्याउन सकिने जनाएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस