• सोमबार १-२८-२०८३/Monday 05-11-2026
अर्थ

संरचनाको सुरक्षाप्रति नाडाको चिन्ता,रोजगारीमा चुनौती थपिएको भनाइ

काठमाडौँ । हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको  नाडाअटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ । 

 

 नाडाले जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेको छ। साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 

'नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग,व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो । हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन् ।कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ ।' नाडाको विज्ञप्तिमा उल्लेख छ ।

 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार