शिक्षक र प्रहरीबीच झडप, एक दर्जन बढी शिक्षक घाइते

काठमाडौँ । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो।
नयाँबानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताउनुभयो । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लगिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । शिक्षकहरुले प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस