दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा गुरुङले संविधान संशोधनका बिषयमा प्रतिपक्षले अनावश्यक प्रचार गरेको भन्दै राष्ट्रिय सहमतिमा मात्र संशोधन हुने बताएका हुन ।
मन्त्री गुरुङले कांग्रेस–एमालेले संशोधनका लागि एजेण्डा तयार गर्ने र त्यसलाई राष्ट्रिय छलफलमा लैजाने जानकारी दिए । उनले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न पुराना कानुनलाई अध्यादेश मार्फत संशोधन गर्न खोजेको बताए । मन्त्री गुरुङले अध्यादेशको विरोध गर्नुभन्दा पनि यसको विषयवस्तुमा ध्यान दिन आग्रह गरे ।
सरकारले ल्याएको अध्यादेशको विभिन्न प्रतिपक्षी दलले विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै उहाँले यसको निजी क्षेत्रले स्वागत गरेको बताए । सहकारी सम्बन्धी विधेयक ल्याएर सहकारी पीडितको समस्या समाधान गर्ने र बचतकर्ताहरुको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको पनि मन्त्री गुरुङको भनाइ छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस