अब आफ्नै बलबुतामा अघि बढ्ने : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हासिल गरेर माओवादी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादी आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दावी गरेका हुन। गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उनले उल्लेख गरे ।
प्रचण्डले बिरोधीहरुले अब माओवादी कमजोर भयो भन्दै फैलाइएको अफवाहलाई चिर्दै अघि बढ्ने उद्घोष गरे । उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए । अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस