• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने

काठमाडौं । अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा वर्षा हुने छ भने सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिए ।

 

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका केहि स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार