• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

नेपालमा एकीकृत आपतकालीन प्रतिकार्य प्रणालीबारे छलफल

काठमाडौं । विपद पत्रकारिता सञ्जाल, DJN ले अतुल्य फाउन्डेसनकाे सहकार्यमा "नेपालमा एकीकृत आपतकालीन प्रतिकार्य प्रणालीमा बचाउ एपको सान्दर्भिकता" विषयक भर्चुअल 'डिजास्टर डाइलग' सम्पन्न भएको छ ।

 

"बचाउ माेबाइल एप्लिकेसन"ले प्रयोकर्तालाई आपतकालिन अवस्थामा सहयोग मात्र नगरी यसमा कसैको अवस्थिति समेत पत्ता लगाउन सक्ने विशेषता समेत रहेकाे संस्थाका अध्यक्ष पल्लव पन्तले जानकारी दिए  ।

 

बचाउ, आपतकालीन संदेश दिन सक्ने मोबाइल एप्लिकेसन हो र यो अपाङ्गता भएका व्यक्तिहरु(सुस्त श्रवण र बहिरा)लाई चिकित्सा सम्बन्धि सहायता तथा प्रहरी र दमकलको सहायता उपलब्ध गराउनका लागि विकास गरिएको हो ।

 

यस एप्लिकेसनको सहायताले प्रहरी, एम्बुलेन्स र दमकलको मद्धत तत्कालै लिन सकिने यस एप्लिकेसनका निर्माणकर्ता संस्था अतुल्य फाउन्डेसनले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार