यमनसँग नेपाल पराजित

काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपाल यमनसँग २—० गोलले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको हो।
खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। त्यस्तै, अन्तिम समयमाा यमनले एक गोल थप्दै २ गोल बनाएको थियो। खेलको ७२औँ मिनेटमा यमनका खेलाडी ओमर अल दाहीले नेपालको पोष्टमा उत्कृष्ट गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालले दोस्रो गोल खाएको थियो । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाह अल दाहीले गरेका थिए ।
यो संगै वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा रहेका छन् । प्रतियोगिताले विश्वकप छनोटसँगै सन् २०१७ मा आयोजना हुने एएफसी एसियन कपका लागि दोस्रो चरणको छनोट पनि तय गर्छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस