• शुक्रबार ८-१५-२०८०/Friday 12-01-2023
खेलकुद

न्युजिल्याण्डलाई पराजित गर्दै भारत विश्वकप फाइनलमा

काठमाडौं । न्युजिल्याण्डलाई पराजित गर्दै भारत आईसीसी विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै आयोजक भारत विश्वकपको फाइनलमा पुगेको हो। 

 

भारतले न्युजिल्यान्डलाई ४८.५ ओभरमा ३ सय २७ रन बनाउँदै अलआउट गरेको थियो । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको योगदान दिए भने ऐरले ७० बलमा ४ चौका र ८ छक्का सहित १ सय ५ रन बनाए। कप्तान रोहित शर्माले ४७ रन बनाए। 

 

शुभमन गिल ८० र लोकेश राहुल ३९ रनमा नट आउट रहे । न्युजिल्यान्डका साउथीले ३ विकेट लिए भने ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिन सफल भए। त्यस्तै न्युजिल्याण्डका मोहम्मद सामीले ९.५ ओभरमा मात्र ५७ रन बनाएर ७ विकेट लिन सफल भए । जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदिप यादवले समान एक विकेट लिए।  

 

कप्तान केन विलियम्सन र डर्याल मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे। डर्याल मिचेलले सर्वाधिक १ सय ३४ रन बनाए । बिहिबार हुने दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन्भने फाइनल खेल आइतबार हुनेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

यमनसँग नेपाल पराजित

५ मङ्सिर, २०८०

नेपालले यूएईसँग खेल्ने

३० कार्तिक, २०८०

नेपाल र हङकङको भिडन्त

३० कार्तिक, २०८०