दुई वर्षमा ७१८ जनाको सम्बन्ध विच्छेद

गुल्मी । गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ३९ जना र २०७९/०८० मा ५२ जनाको सम्बन्ध विच्छेद भएको छ । मुसिकोट नगरपालिमा आर्थिक वर्ष २०७८/०७९ मा १२८ जना र २०७९/०८० मा ५१ जनाको सम्बन्ध विच्छेद भएको छ । काली गण्डकी गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ११ जना र २०७९/०८० मा ५३ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।
सत्यवती गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २३ जना र २०७९/०८० मा २० जनाको सम्बन्ध विच्छेद भएको छ । चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ११ जना र २०७९/०८० मा १५ जनाको सम्बन्ध विच्छेद भएको छ । रुरु क्षेत्र गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २१ जना र २०७९/०८० मा २० जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ । रमेश विश्वकर्मा/गोरखापत्र
प्रतिकृया दिनुहोस