• शुक्रबार ८-१५-२०८०/Friday 12-01-2023
बिश्व

इजरायल र हमासलाई वार्तामा आउन राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । 

 

राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका हुन ।

 

यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् । त्यस्तै मोरक्कोका विदेश मन्त्रि नासर बोरिटाले  पनि द्वन्द्वरत दुवै पक्षले आफ्नो प्रवचन छोडेर वार्तामा आउन आग्रह गरेका छन ।

 

हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरायलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ।गत शनिवार प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भीषण आक्रमण गर्दा ज्यान जानेहरूको सङ्ख्या १,२०० पुगेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ।एजेन्सी 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार