• शुक्रबार ८-१५-२०८०/Friday 12-01-2023
राजनीति

कानुनका छिद्र प्रयोग गरेर बदनियतसाथ आम माफी दिइने प्रचलन गलत छ :गगन थापा

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले हत्यरालाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन्।आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गर्नु भएको हो।

 

आममाफी सम्बन्धी बनेका विभिन्न कानुन र अदालतका व्याख्याका बर्खिलाप पटक-पटक माफी मिनाहा गरेर सरकारले गल्ती दोहोराइरहेको भन्दै उनले यसमा सरकारले जवाफ दिनुपर्छ बताएका छन।

 

'कानुनका छिद्र प्रयोग गरेर बदनियतसाथ आम माफी दिइने प्रचलन गलत छ।आममाफी सम्बन्धी यस्ता घटना बाहिरिएपछि त्यसको विरोध हुन्छ तर यसको जरो सम्म पुगेर काम नै भएको छैन। आसन अनुसार भाषण बदलेर हामी यो समस्याको समाधानमा पुग्दैनौ।'थापाले भन्नुभयो, मेरो आग्रह छ, सदनले सरकार लाई निर्देशित गरोस्। आम माफी सम्बन्धी छरिएर रहेका विभिन्न कानुनलाई एकीकृत गराएर सम्पूर्ण प्रक्रियाको व्याख्या गरौँ र कानुनी छिद्र टालौँ। अहिले भएका गल्ती र भविष्यमा हुन नदिन काम गरौँ।'

 

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल ’प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिनु भएको थियो। अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार