• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
देश/प्रदेश

नेपालगञ्जमा कर्फ्यु आदेश जारी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा कर्फ्यु लगाएको छ ।

 

हिन्दू र मुस्लिम समुदायबीच तनाव हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

 

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सद्भाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सद्भाव र्‍यालीसमेत निकालिएको थियो ।

 

जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार