• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
बिश्व

पाकिस्तानमा मस्जिदबाहिर विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा परेर अरू ५० जनाभन्दा बढी घाइते भएका छन्।

 

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको थियो।मास्तुङ सहरमा धार्मिक भेलालाई लक्ष्य बनाएर आत्मघाती आक्रमण गरिएको बलोचिस्तान प्रहरीका प्रमुख अब्दुल खालिक शेखले पुष्टि गरेका छन्।

 

उनका अनुसार आक्रमणकारीलाई रोक्न खोज्ने क्रममा एक जना वरिष्ठ प्रहरी अधिकारीको पनि विस्फोटनमा परेर मृत्यु भएको छ।अधिकारीहरूले त्यहाँ सङ्कटकाल घोषणा गरेका छन्।

 

उक्त घटनामा हताहत भएका मानिसलाई दुइटा स्थानीय अस्पतालमा लग्न थालिएको प्रहरीले जनाएको छ।मास्तुङ सहरका दुई प्रहरी अधिकारीले बीबीसीलाई मृतकहरूको सङ्ख्याबारे जानकारी दिएका हुन्।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार