• शुक्रबार ८-१५-२०८०/Friday 12-01-2023
मनोरञ्जन

भारतीय अभिनेता जो नेपालमा लोकप्रिय छन् !

काठमाडौं ।  "मलाई एउटी युवतीले निकै भावपूर्ण पत्र पठाउँथिन्, मैले उनलाई १०-१२ पटक जबाफ पनि दिएँ। एक दिन मैले जबाफ पठाउन छोडेँ। उनले बिदाइ सन्देशसहित मलाई ती सबै पत्र फिर्ता पठाइन्। उनको मन दुखेको थियो। मलाई हजारौँ प्रशंसकले चिठी पठाउँथे। एक पटक मैले एउटी प्रशंसकको चिठीको जबाफ दिएँ। त्यसपछि उनले मलाई ३,७२० बटा चिठी पठाइन्। फेरि मैले जबाफ दिन्छु भन्ने आशामा उनले त्यसो गरेकी थिइन्।”

 

यो कुनै काल्पनिक कथा होइन, देव आनन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा यो प्रसङ्ग उल्लेख गरेका छन्। देव आनन्द जीवित भएको भए अहिले १०० वर्षका हुन्थे।उनी यस्ता नायक थिए जसको लोकप्रियता भारत, पाकिस्तान र नेपालसहित कैयौँ देशमा थियो। डेभिड लीन, ग्रेगरी पेक, फ्रान्क काप्राजस्ता हलीवुडका दिग्गजहरूले उनलाई चिन्थे। उनी अन्तर्राष्ट्रिय ख्याति भएका भारतका पहिलो 'सहरिया नायक'को रूपमा चिनिन्थे।

 

नेपालमा देव आनन्दका धेरै प्रशंसकहरू थिए। नेपालको राजपरिवारसँग उनको निकट सम्बन्ध थियो। उनको निकै सफल चलचित्र 'हरेराम हरेकृष्ण' को छायाङ्कन नेपालमा गरिएको थियो। नेपालका वरिष्ठ पत्रकार वसन्त थापा सानैदेखि देव आनन्दका प्रशंसक थिए।

 

उनी भन्छन्, “नेपालमा देव आनन्दको धेरै क्रेज थियो। उनकै जस्तो कपाल बनाउन युवाहरू बाँसको ढुङ्ग्रोमा तताएको विशेष किसिमको तेल लगाउँथे। उनका दाँतका बीचमा छिद्र थियो। उनका फ्यानहरू आफ्ना दाँत बिगारेर देव आनन्दको जस्तै बनाउने प्रयास गर्थे। 'हरेराम हरेकृष्ण'को छायाङ्कन नेपालमा हुँदा मानिसहरूको ठूलो घुइँचो लागेको थियो।"“मञ्चमा बसेर उनी रोइरहे। भित्तामा टाँसिएर रोइरहे। लाहोर छोडेर जाने बेलामा आफूले अन्तिम समयमा उषालाई भनेको कुरा उनले त्यहाँ सुनाए।”

 

“एक रात हामीले 'दम मारो दम' गीतको छायाङ्कन काठमाण्डूमा भइरहेको थाहा पायौँ। म पनि त्यहाँ पुगेँ। देव आनन्द र जीनत अमानलाई हेर्न चाहने मानिसको भिड उत्तेजित भयो, त्यहाँ ठेलमठेल सुरु भयो। स्थिति सहज बनाउन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो। मानिसहरूले प्रहरीमाथि पनि ढुङ्गा हाने। हामीले पनि एक–दुई पटक हान्यौँ। यो देव आनन्दको जादु थियो। त्यही समयतिर म दार्जिलिङ गएको थिएँ, सबै पर्यटकहरू देव आनन्दले 'ज्वेल थीफ'मा लगाएकै जस्तो टोपी अनि कालो र सेतो जुत्ता लगाएर घुमिरहेका थिए।” बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार