हाङझाउमा एसियाली खेलकुदको महाकुम्भ सुरु

काठमाडौं । चीनको हाङझाउमा एसियाली खेलकुदको महाकुम्भ सुरु भएको छ । १९औं संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्र्पोट्स सेन्टर स्टेडियममा शनिबार साँझ चिनियाँ राष्ट्रपति सी चिनपिङले उद्घाटन गरेका छन् । उद्घाटनस्थल ‘बिग लोटस’का रूपमा चिनिन्छ ।
२०२२ मै हुने भनिए पनि कोभिड–१९ का कारण एक वर्षपछि सुरु १९औं एसियाडका लागि चीनको उत्तरी दक्षिणी सहर हाङझाउ दुलहीझैं सिंगारिएको छ । चीन भ्रमण क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाङझाउमा सम्पन्न एसियाड उद्घाटन समारोहमा भाग लिएका छन् । समारोहमा हुने मार्चपासमा महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोकेका छन् ।
उनीहरू दक्षिण एसियाली स्वर्णधारी हुन् । दुई घण्टा चलेको समारोहमा ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गरेका छन् । त्यसअघि सहभागी खेलाडी र जजको तर्फबाट एकएक जनाले शपथ लिएका थिए । एसियाली खेलकुदको टर्च बालेपछि अन्तिममा १९औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ प्रस्तुति दिइएको थियो । योसँगै उद्घाटन समारोह सकिएको थियो । समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया ९ओसिएका० कार्यवाहक अध्यक्ष पनि सहभागी थिए ।
समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो । यो एसियाडको नारा ‘हार्ट टु हार्ट’ अर्थात् मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । चीनमा तेस्रो पटक जारी एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । आगामी २१ असोजेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
विभिन्न ४० खेलका ४ सय ८१ इभेन्ट्समा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका लागि भनेर आयोजकले ५४ खेल स्थलमा प्रयोगमा ल्याएको छ भने १० हजार क्षमताको भव्य एसियाली भिलेज निर्माण गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस