कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा डा.चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् ।
देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् ।
प्रतिकृया दिनुहोस