• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
अर्थ

नाडा अटो शो मेला सम्पन्न

काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको नाडा अटो शो मेला आइतबार सम्पन्न भएको छ ।  

 

शो मा २ हजारभन्दा बढी गाडी बुकिङ भएका र  मेलामा बुकिङ भएका गाडीमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय रहेको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाले  ७६ हजार १ सय अवलोकनकर्ताले अटो शो अवलोकन गरेको बताए। 

 

प्रदर्शनीमा ठूला तथा सानागरी १२० वटा स्टल थिए। प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायक अटो शोमा सहभागी थिए। 

 

१६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल राखिएको प्रदर्शनीमा ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं अन्य उपकरण कम्पनी सहभागी थिए। मेलामा १४ लाखदेखि डेढ करोड रुपैयाँसम्मका गाडी राखिएका थिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार