डिजेलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमनले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस