• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
राजनीति

निजामती सेवासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने बताए ।
 

२० औं निजामती सेवा दिवस, २०८० का अवसरमा शुक्रबार सिंहदरबार निजामती सेवा दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले विधेयक सदनमा पेश गर्ने निर्णय गरेको उल्लेख गर्दै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने बताएका हुन । 

 

प्रधानमन्त्री प्रचण्डले देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।

 

राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको उनको भनाई छ । उनलेले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु सबैको मुख्य जिम्मेवारी रहेको प्रस्ट पारे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार