• बिहीबार ६-१८-२०८०/Thursday 10-05-2023
खेलकुद

पूर्वकप्तान खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले खड्कालाई प्रदेश संघको नेतृत्वमा निर्वाचित गरेको हो ।

 

अध्यक्षका प्रत्यासी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३७ मतमध्ये खड्काले २३ मत पाए भने पियाले १४ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित भए । उनका निकट्तम प्रतिस्पर्धी रुपक रञ्जितले १४ मत पाए ।

 

सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी प्रज्ज्वल सापकोटाले १४ मतमा चित्त बुझाए । कोषाध्यक्षमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा अर्का प्रतिस्पर्धी विजय बोहोराले १४ मत प्राप्त गरे ।

 

महिला सदस्यमा नीरा राजोपाध्यायबाहेक अरू १२ जनाका लागि निर्वाचन भयो । अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३–२३ मत प्राप्त गरेर कार्यसमिति सदस्यमा निर्वाचित भए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार